Logo
  बैशाख ८, २०७८ बुधबार

घाइते कर्मचारीको उपचारका लागि मन्त्री आलेले दिए एक लाख



काठमाडौँ, २३ चैत । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैंडा गणनाका क्रममा घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको उपचारका लागि व्यक्तिगततर्फबाट एक लाख रुपैयाँ उपचार खर्च प्रदान गरेका छन् ।

३५ वर्षीय श्रेष्ठ चैत २० गते गैंडा गणनाका क्रममा ध्रुवे नामक जंगली हात्तीले लखेटेपछि हात्तीबाट खसेर गम्भीर घाइते भएका हुन् ।

उनको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर मन्त्री आलेले रकम प्रदान गरेका हुन् । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्