Logo
  बैशाख ८, २०७८ बुधबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



झापा, २३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई/दुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्