Logo
  बैशाख ८, २०७८ बुधबार

चारआली जेसीजले दियो विद्यार्थीलाई ‘इलिमेन्ट्स अफ स्टुडेन्ट लाइफ’ तालिम



मेचीनगर, २२ चैत । चारआली जेसीजले चारआलीस्थित श्री त्रिदेव बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई ‘इलिमेन्ट्स अफ स्टुडेन्ट लाइफ’ तालिम प्रदान गरेको छ ।

चारआली जेसीजका अध्यक्ष जेसी सन्तोष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका शिक्षा अधिकृत होम भण्डारी रहेका थिए ।

उक्त तालिमको सहजीकरण क्षेत्र क निरुपित नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष जेसी रजनी थापाले गरेकी थिइन् ।

तालिममा थापाले विद्यार्थी जिवनका कर्तव्यहरु, सफलताका रहस्य र विद्यार्थी जिवनमा आइपर्ने हरेक किसिमका समस्याहरुसँग कसरी जुध्ने लगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।

उक्त अवसरमा नेपाल जेसीज वर्ष २०२१ क्षेत्र क निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसीआइ सिनेटर अरुणकुमार दाहाल, नेपाल जेसीज वर्ष २०२१ महासचिव जेसीआइ सिनेटर विकास मानन्धार, नेपाल जेसीज वर्ष २०२१ कानुनी सल्लाहकार जेसी गोकुल सापकोटा, नेपाल जेसीज वर्ष १९९८ का अध्यक्ष जेसीआई सिनेटर प्रा.डा.दिपक शाक्य तथा प्रथम महिला लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि भण्डारी र जेसी आई सिनेटर प्रा.डा.शाक्यले मन्तव्यका क्रममा आफ्ना विद्यार्थी जिवनको स्मरण गर्दै जिवनका हरेक आरोह-अवरोहलाई पार गर्दै अघि बढ्न प्रेरणा दिएका थिए ।

कार्यक्रम संयोजक जेसी हरिकृष्ण भण्डारीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमा जेसी सञ्जय निरौलाले जेसीज आस्था तथा जेसीज मिसन भिजन वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव जेसी बिरबहादुर बेघा (बिरु) ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्