Logo
  बैशाख ८, २०७८ बुधबार

आमा बन्दै प्रियंका कार्की



काठमाडौँ २० चैत । अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् ।

प्रियंकाले शुक्रबार साँझ आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् आफू गर्भवती भएको खुलाएकी हुन् ।

पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ ! हो, हामी गर्भवती छौं ।’

केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो ।

उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि ! भन्ने अड्कल काटेका थिए ।

प्रतिक्रिया दिनुहोस्