Logo
  बैशाख ८, २०७८ बुधबार

आलियालाई कोरोना संक्रमण



काठमाडौँ, २० चैत । बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ ।

आलियाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

उनले इन्स्टाग्राम पोस्टमा कोरोना परीक्षणमा आफूलाई पोजिटिभ देखिएको र आफू चिकित्सकको सल्लाहबमोजिम सुरक्षा प्रोटोकल पालन गर्दै होम क्वारेन्टाइनमा बसेको बताएकी छिन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्ररुपमा भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७२ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्