Logo
  बैशाख ८, २०७८ बुधबार

राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९३ करोड लगानी गर्ने



काठमाडौँ, १७ चैत । नेपाल राष्ट्र बैंकले १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो। 

बैंकले १ वर्षे अवधिको लागि उक्त रकम लगानी गर्ने जनाएको छ । बैंकका अनुसार बाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड ४ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ९ करोड ६८ लाख रुपैयाँ राख्न लागिएको हो।  

सूचना अनुसार २०७८ बैशाख १ गतेदेखि २०७९ बैशाख १ गतेसम्मका लागि राष्ट्र बैंकले आफ्नो कोषमा भएको रकम राख्नेछ । रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले चैत १८ गते दिउँसो २ बजेसम्म राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा दिन सक्ने ब्याजसमेत खुलाई लिन चाहेको रकमको बारे बैंकले तोकेको शिलबन्दी दरभाउ सम्बन्धि फारम भरी बुझाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्