Logo
  बैशाख ८, २०७८ बुधबार

समुन्द्रसँगै



म एकदिन
समुन्द्रको किनारमा गए
उसले मलाई हेर्यो
र त्यसपछि मैले पनि हेरे
तर उसले मलाई बुझेन
बिस्तारै बिस्तारै हातले स्पर्श गरे
अनि उ मुसुक्क हाँस्यो
म चाहिँ स्तब्ध भए
उ पनि जीवनको एक लयमा चलिरहेको छ
हावाहुरी तुफान आँधीसँग
विभिन्न जोखिम सामना गर्दै
तरपनि उ शान्त र स्वास्थ छ
जीवनको एक लयसँगै जीवनको धुन
बजिरहेको छ त्यहाँनेर
तपाईं अनुभव गर्न सक्नुहुनेछ ।

म यतिखेर त्यो समुन्द्रको
निलो पानीसँगै म उसको गहिराईमा
डुबेको थिएँ
मलाई धर्य गर्न सिकायो
सहन सिकायो
एउटै समय रहिँ रहदैन
फेरि अर्को ज्ञान थपिदियो
समुन्द्रले
‘चुपचाप रहनु र आफ्नो गतिमा बगिरहनु’
जति उसलाई हेर्दै गर्दै
म आफैँ भावुकता डुबेँ
स्तब्ध थियो वातावरण
एकाएक त्यो समुन्द्रको
पानीको थोपा
मेरो अनुहारमा पर्छ म झ्याल्स
बिउँझिन्छु म समुन्द्रको
विशालतालाई निहाल्छु
आँखा चारैतिर पार्छु
मलाई टुलुटुलु हेरेर
मलाई हेरिरहेको थियो ।।

प्रतिक्रिया दिनुहोस्