Logo
  बैशाख ८, २०७८ बुधबार

झापा बिद्रोह र दिशाहीन कम्युनिष्ट आन्दोलन



नेपालको कम्युनिष्ट आन्दोलन आजको उचाइमा पुग्नुमा झापा बिद्रोह मुख्य कारण हो । क्रान्तिकारी युवाका लागि स्वप्न क्रान्तिलाई सामन्तवादका विरुद्धको र्शखघोष थियो । भारतको पश्चिम बंगालमा चारु मजुमदारको नेतृत्वमा भएको शसस्त्र बिद्रोह झापाली क्रान्तिकारीका लागि आदर्श थियो । पूर्वी नेपालस“ग सीमा जोडिएको भारतको नक्सलवाडीबाट सन् १९६७ मा सुरु भएको सशस्त्र बिद्रोहको झिल्कोले नेपाली भूमिमा सामन्तवादका विरुद्ध डढेलोको काम गरेको थियो । नक्सवाडीबाट बिद्रोह सुरु भएकाले आन्दोलनको नाम नक्सलवादी रहन गएको हो ।

नक्सलवादी बिद्रोह र यसको प्रभाव
बंगालको नक्सलवादी आन्दोलन चीनको नौलो जनवादी क्रान्ति र सांस्कृतिक क्रान्तिबाट प्रभावित थियो । सोभियत संघको रसियन कम्युनिष्ट पार्टीमा सन् १९५६ मा खुस्चेभ नेतृत्वमा आएपछि विश्व कम्युनिष्ट आन्दोलन दुई ध्रुवमा विभाजित बनेको थियो । सुस्चेभको शान्तिपूर्ण संघर्षको लाईनले विश्व कम्युनिष्ट आन्दोलन दुई ध्रुवमा विभाजित भयो । विश्व कम्युनिष्ट आन्दोलनको दुई लाइन संघषको प्रभावले भारतीय कम्युनिष्ट पार्टी अछुतो रहन सकेन । र, भाकपामा दुई लाईन संघर्षले नेपाली क्रान्तिकारी युवालाई आकर्षण गर्यो । यही प्रभावनै झापा विद्रोहको मुख्य कारण थियो ।

माओसेत्तुङले खुस्चेवको लाईनलाई संशोधनवादी भन्दै आलोचना गरे । माओले जनवादी क्रान्तिको नयाँ विचार अघि सारे । उनको नयाँ जनवादी क्रान्तिको लाइनमा संसारभरका क्रान्तिकारी आकर्षित भए । धेरैले क्रान्तिको लाइन पास गरे र क्रान्तिकै बाटो लिए । यसले संसारभरका कम्युनिष्ट पार्टी भित्र दुई लाइन संघर्ष मात्र चलेन, विश्व कम्युनिष्ट आन्दोलन दुई धु्रवमा बिभाजित बनेको थियो ।

अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलनमा भएको बिभाजनको प्रभाव भारतीय कम्युनिष्ट पार्टीमा पनि देखा पर्यो । भारतीय कम्युनिष्ट पार्टी भित्र भएको दुई लाईन संघर्ष बढ्दै गएपछि सन् १९६४ मा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) को गठन भयो ।

सन् १९६४ मा चिनियाँ कम्युनिष्ट पार्टीले पेकिङ रेडियो मार्फत भारतमा कम्युनिष्ट पार्टी नभएको घोषणा गरेपछि भाकपा (माक्र्सवादी)मा अन्र्तसंघर्ष सुरु भयो । चारु मजुमदारले भाकपा (माक्र्सवादी) भित्र फरक मत राख्दै सन् १९६६ मा बिद्रोह गरे । उनले सन् १९६७ देखि बंगालको नक्सलवाडी, खोरीवारी, खासीदुवा प्रहरी थानामा आक्रमण गरी सशस्त्र बिद्रोहको घोषणा गरे । चारु मजुमदारले सशस्त्र युद्धबाट सामन्ती राज्य सत्ता ध्वस्त गरी जनवादी राज्यसता स्थापना गर्ने उद्घोष गरे ।

चारुले सन् १९६९ मा भाकपा (माक्र्सवादी–लेलिनवादी) गठन गरे । उनले वर्ग संघर्षको विकल्प हुन नसक्ने घोषणा गरे । नक्सलवाडीबाट सुरु भएको सशस्त्र बिद्रोह बिहार, करेला, आन्द्रप्रदेश, उत्तरप्रदेशसम्म फैलियो । विश्व कम्युनिष्ट आन्दोलनमा चारु नेतृत्वको सशस्त्र बिद्रोहले नया“ उचाई हा“सिल गर्दै गयो । नक्सलवादी आन्दोलनले पहिलो पटक सन १९६७ मा वडागंजलाई मुक्ति क्षेत्र घोषण गरेको थियो । नक्सलवादी आन्दोलनमा ५ हजार पार्टी सदस्यबाट सुरु भएको बिद्रोहमा ४० हजार पार्टी सदस्य पुगेका थिए । त्यसमा २० हजार भन्दाबढी त पूर्णकालिन पार्टी सदस्य थिए ।

भारतमा भएको बिद्रोहको चिनियाँ कम्युनिष्ट पार्टीले समर्थन गर्दै पेकिङ् रेडियोबाट भारत वर्षमा बसन्तको मेघ गर्जन भएको घोषणा ग¥यो । चीनको समर्थन पछि भारत सरकार चरम दमनमा ओर्लियो । इन्दीरा गान्धीको सरकारले हजारौं किसान, युवा, विद्यार्थीलाई बर्बरता पूर्वक सामुहिक हत्या गरेको थियो । भारतकी तत्कालिन प्रधानमन्त्री ईन्दीरा गान्धीले प्रहरीलाई नक्सलवादीयौं को देख्तेही गोलीसे उ“डादो भन्ने आदेश दिएकी थिइन् ।

नक्सलवादी आन्दोलन चारु मजुमदारका नेतृत्वमा दिपक विश्वास, चेन्नापुल्ला रेड्डी, निर्मला, नागभुषण पटनायक, कानु सन्याल, जंगल सन्थाल लगायतका नेताले साथ दिएका थिए । सशस्त्र बिद्रोहका अगुवा चारु मजुमदार, बाबुलाल, आपालाल, गेड्डेलाल, निर्मला लगायतका नेताको संघर्षको क्रममा मृत्यु भएको थियो ।

नक्सलवादी आन्दोलन उत्कर्षमा पुग्दै जा“दा भारतीय सरकारले किसान, युवा, विद्यार्थीको पासविक हत्या गरेको चारु मजुमदारका सहकर्मीले पवनसिंह राजबंशीले बताए । भारत पश्चिम बंगालको नक्सलवाडीमा बस्दै आएका राजबंशीले सन् १९६७ मे २५ का दिन बेङगाईजोत गाउ“मा आफ्m्नी आमा धनेश्वरीदेवी सिंह सहित ११ जनाको सेनाले सामुहिक हत्या गरेको बताए । हजारौं नागरिकको सेना र प्रहरीले बर्बरतापूर्वक हत्या गरेको थियो ।

नक्सलवादी आन्दोलनका नेता राजबंशी युद्ध विना मुक्ति संम्भव नहुने बताएछन् । निर्वाचनले जनताको मुक्ति नहुने भन्दै चारुको लाईनले मात्र मुक्ति सम्भव हुने राजवंशीको धारणा छ । चारुको लाईनमा हिंडेको भाकपा (माले)ले अहिलेसम्म भारतमा निर्वाचन बहिस्कार गर्दै आएको छ । संग्रामले मात्र मुक्ति सम्भव हुने उनको बुझाई छ । बिनोद मिश्रले नेतृत्व गरेको भाकपा मालेले निर्वाचनमा भाग लिए पनि चारुका उत्तराधिकारी अहिले पनि निर्वाचन बहिस्कार गर्दै आएका छन् ।

नक्सलवादी आन्दोलनको क्रममा किसानले सामन्तका हजारौं बिगाहा जमिन कब्जा गरेका थिए । सेना र पुलिससँग आम्नेसाम्ने भएर युद्ध गरेका थिए । नक्सलवादी आन्दोलनले संसार नै हल्लाएको थियो । सामन्त, जालि फटाहा र शोषकका बिरुद्ध किसानले गरेको हतियारबद्ध युद्धले संसार नै हल्लिएको थियो । विश्व कम्युनिष्ट आन्दोलनमा नया“ आयाम थपिएको थियो । तर, पनि सशस्त्र बिद्रोह सफल हुन सकेन ।

सन् १९७२ मा चारु मजुमदार सहतिका केही नेताको हत्या भएपछि नक्सलवादी बिद्रोह सिथिल भएको थियो । चारुको अवशान लगत्तै बिद्रोह अन्त्य हुनुमा भारती सरकारको बर्बर दमन र भारतीय कम्युनिष्ट पार्टीहरुबीचको फुट प्रमुख कारण भएको झापा बिद्रोह अगुवा मनकुमार गौतम बताउँछन् ।

नक्सलवादी आन्दोलनबाट झापाका युवाहरु प्रभावित भए । घरेलु हतियारबाट सुरु भएको नक्सलवादी आन्दोलन जस्तै झापा बिद्रोहमा पनि घरेलु हतियारको प्रयोग गरिएको थियो । भारतमा अहिले पनि सशस्त्र बर्ग संघर्षबाट मात्र राज्यसत्ता कब्जा गर्ने लक्ष्यका साथ भाकपा माओवादी सशस्त्र संघर्ष गर्दै आएको छ । भाकपा माओवादी चारुकै लाईनबाट अघि बढिरहेको चारुका समकालिन राजवंशीको निश्कर्ष छ । नेपालको माओवादीले वर्ग संघर्षको बाटो छाडेर गल्ती गरेको भारतीय नेता राजवंशीले बताए ।

नक्सलवादी आन्दोलनका अगुवा चारु मजुमदार, लिनप्याओ, लेनिन, स्टालिन र माओका स्तम्भ पश्चिम बंगालको नक्सलवाडी स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट नेताहरुको स्तम्भ क्रान्तिकारीहरुका लागि तिर्थस्थल बनेको छ ।

झापा बिद्रोह
झापाली क्रान्तिकारीमा नक्सलवादी आन्दोलनको गहिरो प्रभाव थियो । झापा परेपछि २०२७ सालको अन्त्यतिर झापा विद्रोहको तयारी भएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पूर्व कोशी प्रान्तीय कमिटी स“ग झापा जिल्ला कमिटीले आधारभूत मतभिन्नता राख्दै अलग भएपछि ‘वगृशत्रु खत्तम अभियान’ नीतिका साथ अघि बढेको हो । रामनाथ दाहाल, नेत्र घिमिरे, मोहनचन्द्र अधिकारी, सीपी मैनाली, राधाकृष्ण मैनाली, वीरेन राजबंशी लगायतका क्रान्तिकारी युवाको नेतृत्व र पहलमा झापाका भूमिहीन तथा गरिब किसानलाई सचेत र संगठित गरिएको थियो ।

झापा बिद्रोहको उद्देश्य सशस्त्र विद्रोहबाट सामन्त राज्यसत्ता ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्नु रहेको थियो । लगलग एक वर्ष सम्म चलेको झापा बिद्रोह २०२८ साल फागुन २१ गते पँ“च योद्धाको इलामको सुखानी जंगलमा हत्या गरेपछि छिन्नभिन्न भएको थियो । तर, बिद्रोहको चर्चा र प्रभाव भने झन बढेर गएको थियो । पंचायती सरकारले झापा बिद्रोहमा व्यापक दमन ग¥यो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा झापा बिद्रोह योजनाबद्ध रुपले सञ्चालन गरिएको यो पहिलो सशस्त्र संघर्ष थियो । सामन्ती राज्यसत्तालाई ध्वङ्स गरी जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्यकासाथ झापा बिद्रोह सुरु भएको थियो । झापा बिद्रोहले पंचायती व्यवस्थालाई हल्लाई दिएको थियो । निरंकुश राज्य सत्ताको विरुद्ध हतियार उठाएर गरिएको २०२८ सालको झापा संघर्ष अत्यन्त चर्चित रहेको छ ।

झापा बिद्रोहमा मुलत किसान वर्ग संगठित भई सामन्तका बिरुद्ध हतियार उठाएकाले यसलाई किसान बिद्रोह पनि भन्ने गरिन्छ । स्थानीय शासन र शोषण गर्ने बदमास, जालिफटाहा र जमिन्दारलई खत्तम गर्ने योजना बनाइएको थियो । क्रान्तिकारीले ‘एक एरिया, एक युनिट, एक एक्सन’को नीति अनुसार २०२८ सालमा लडाकु दस्त तयार पारे । र, पार्टीले छनोट गरेका जमिन्दारमाथि भरुवा बन्दूक, भाला, खुकुरी लगायतका घरेलु हतियारद्वारा आक्रमा सुरु गरे ।

क्रान्तिकारीको आक्रमण सुरु भएपछि जमिन्दार सुरक्षाको माग गर्दै पंचायती साशकलाई गुहार्न पुगेका थिए । संघर्षको लक्ष्य एवम् उद्देश्य सामन्ती राज्यसत्ता ध्वंस गरी जनवादी राज्यसत्ता स्थापना गर्ने थियो । आक्रमणको निसाना निर्दिष्ट थियो, तरिका र रुपबारे आन्दोलनकारीहरु स्पष्ट थिए । अगुवाई आफूले गरे पनि आधारभूत रुपमा जमिन्दारद्वारा सबैभन्दा उत्पीडित जनसमुदाय राजनीतिले सचेत बनेर संघर्षमा होमिएका थिए ।

‘सामन्तलाई नगिंडे सैनिकस“ग नभिडे, आउ“दैन जनबाद झोली थापेर’ झापा बिद्रोहमा यहि गीत गाउँदै क्रान्तिकारी कम्युनिष्ट योद्धाहरुले जनतालाई सामन्ती राज्यसत्ता विरुद्ध गरिव किसानलाई गोलबद्ध गरेका थिए । संघर्षका बीच रचित क्रान्तिकारी गीतको यो एक अंश जुन त्यो बेला अत्यन्त लोकप्रिय मात्र थिएन, सशस्त्र संघर्ष किन र कोस“ग गरिदैछ भन्ने कुराको सन्देश पनि थियो ।

झापा सशस्त्र संघर्षको थालनी २०२८ साल जेठ २ गते स्थानीय एक जमिन्दारमाथि योजनाबद्ध आक्रमणबाट भएको थियो । र, क्रमैस“ग केही जमिन्दार मारिए । २०२८ सालको पुस ११ गते शनिश्चरेका स्थानीय धर्मप्रसाद ढकाल माथिको आक्रमण सशस्त्र संघर्षको उत्कर्षको घटना थियो । त्यही घटनापछि झापाले राष्ट्रको ध्यान तान्यो र निरंकुश पञ्चायती व्यवस्था सशस्त्र संघर्षलाई नियन्त्रण गर्ने निहु“मा व्यापक दमन र धडपकडमा ओर्लियो ।

कम्युनिष्ट क्रान्तिकारीलाई सखाप बनाउने नाममा सयौँ मानिस पक्राउ गरियो । उनीहरुलाई अमानवीय यातनाका शिकार भए । पक्राउ गरिएका मध्ये ५ जना युवालाई झापाबाट इलाम लैजाने निहुु“मा झापा र इलाम सीमा स्थल सुखानीको जंगलमा २०२९ सालको फागुन २१ गते गोली हानी हत्या गरियो । निरंकुश पंचायती वयवस्थाले क्रान्तिकारी अगुवा रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजबंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई गोली हानी बर्बरतापुर्वक हत्या गरेको थियो ।

२०२९ साल साउन १६ गते झापाको नाडियाबाडीस्थित एउट घरमा भएको प्रहरी आक्रमणमा चन्द्र डा“गीको हत्या भयो । आन्दोलनका अगुवामध्ये एक जना बाहेक प्राय सबै क्रान्तिकारीलाई गिरफ्तार गरियो । भयानक दमन र उत्पीडनका कारण झापामा मुर्दा शान्ति छाए पनि घटनाले चर्चा पाइरह्यो । त्यसपछि नै बिखण्डित रहेको कम्युनिष्ट आन्दोलनमा एकीकरणको नया“ चरण प्रारम्भ भएको थियो ।

झापा बिद्रोहमा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सी.पी. मैनाली, जीवन मगर, नारद वाग्ले, प्रदीप नेपाल, सीता खड्का, मोहन उप्रेती, भिष्म धिमाल, नरेश खरेल, धर्म घिमिरे, ददिराम उप्रेती, सानो दुर्गा अधिकारी, ठूलो दुर्गा अधिकारी, रुद्र सुवेदी, टंक चौधरी, गुलाम राजबंशी, खड्क थापा, भीम कुँवर, श्रीराम गिरी, दिलबहादुर खड्का, रीता खड्का, नारायण उप्रेती, मनकुमार गौतम, मनकुमार तामाङ, खड्ग दाहाल, बीरबहादुर श्रेष्ठ, डम्बरबहादुर बानिया, रामचन्द्र उप्रेती, वीरवहादुर मगर, मातृका पाठक, बलवहादुर खड्का, कृष्णवहादुर खड्का, बलवहादुर सुवेदी, धनेन्द्र बस्नेत, गौरा प्रसाई, अमर अधिकारी लगायतका क्रान्तिकारी संलग्न रहेका थिए । झापा बिद्रोहलाई सहयोग गर्न भाकपा (माले)बाट भोगेन राजबंशी र राजेन राजबंशी आएका थिए । राजेन राजनंशी नख्खु जेल ब्रेक पछि भारत फर्किए भने भोगेन राजबंशी १७ वर्षको जेल जीवन बिताएर २०४६ साल पुस २९ गते छुटेपछि भारत तर्फ लागे ।

अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन कमिटी हु“दै झापा बिद्रोहका अगुवाद्वारा २०३५ सालमा नेकपा (माले) को गठन गरे । झापा आन्दोलनस“ग सम्बद्ध १५ जना क्रान्तिकारीले २०३२ सालमा गरेको नख्खुजेल बिद्रोह पनि झापा बिद्रोहको श्रृङ्खला अन्र्तगतको एउटा कडीको रुप हो । जेलभित्रको एउटा कोठाबाट ३१ फिट लामो सुरुङ खनेर साहसपूर्ण निस्किएर जनताको पंक्तिमा पुग्न सफल भएको घटना नख्खुजेल बिद्रोहको नामले चर्चित छ । नख्खु जेल ब्रेक गरी झापा बिद्रोहका नेता सी.पी. मैनाली, घनेन्द्र बस्नेत, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, जीवन मगर, राजेन राजवंशी, हर्क खड्का, भिष्म धिमाल बाहिर निस्किएका थिए ।

झापा बिद्रोहीहरु स“गै मुस्लो परिवारका माधब पौडेल, प्रदीप नेपाल, बीरबहादुर लामा, गोपाल शाक्य थिए । यसैगरी परमेश्वर यादव र असोक न्यौपाने पनि जेल ब्रेकबाट बाहिरिएका थिए । तर, पंचायती व्यवस्थाको व्यापक खोजी पछि नारद वाग्ले, धर्म घिमिरे, नरेश खरेल, घनेन्द्र बस्नेत र भिष्म धिमाललाई प्रहरीले पक्राउ गर्यो ।

नख्खु जेल ब्रेकले नेपालको कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्ने क्रान्तिकारीहरु जनताका बीचमा पुग्न सफल भए । झापा बिद्रोह समाप्त भयो भन्नेहरुका लागि जेल ब्रेकले बिद्रोह समाप्त भएको छैन भन्ने संदेश दिएको थियो । बिद्रोहमा भएको बर्बर दमनबाट हतास न्याय प्रेमी जनताका लागि नख्खु जेल ब्रेकले उर्जा प्रदान गरेको थियो । झापा बिद्रोह, जेल ब्रक, कोअर्डिनेशन केन्द्रको गठनले क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबन्ध गर्ने अवसर पनि प्रदान गरेको थियो । झापा बिद्रोहले नै त्याग र बलिदानको भावनालाई जगाएको थियो ।

माओवादी जनयुद्ध
२०५२ साल फागुन १ गतेबाट सुरु भएको माओवादी जनयुद्धले नपाल मात्र होइन संसार हल्लाएको थियो । जनयुद्ध माओवादको नयाँ प्रयोग थियो । झापा बिद्रोहको सशस्त्र युद्धबाट सामन्ती राज्यसत्ता ध्वस्त पारी जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्य जनयुद्धले पनि बोकेको थियो । झापा बिद्रोह भन्दा जनयुद्ध योजनावद्ध बिद्रोह थियो ।

मओवादी जनयुद्धको इनिङ शान्तिपूर्ण रुपमा भयो । सशस्त्र युद्धका उपलब्धीलाई शान्ति र सम्झौताबाट स्थापित भएका छन् । जनयुद्ध र २०६२÷६३ जनआन्दोलनको फ्यूजनबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सिद्धान्त स्थापित भएका हुन् । जनआन्दोलनको आधार नै माओवादी जनयुद्ध बनेको थियो । जनयुद्धले २००७ क्रान्ति, २०२७(२८ सालको झापा बिद्रोह, २०४६ सालको आन्दोलन र क्रान्तिलाई पूर्णता प्रदान गरेको छ ।

सामन्तवादी राज्यसत्तामा आमूल परिवर्तन शान्तिपूण मार्गबाट सम्भव हुँदैन । सामन्ती सत्ता ध्वस्त बनाउन सशस्त्र युद्धको अनिवार्यता हुन्छ भन्ने मान्यतालाई जनयुद्धले प्रमाणित गर्यो । शहरी क्षेत्रबाट हुने जनआन्दोलन र परिवर्तन भन्दा भिन्न चेतनाका हिसावले पिछडिएको ग्रामिण इलाकाबाट जनयुद्ध सुरु हुनु नै यसको मूल बिशेषता थियो । त्यसमा पनि घरेलु र केहिथान भरुवा बन्दूकका भरमा सुरु गरिएको सशस्त्र युद्ध राज्यसत्ताको जरै हल्लायो ।

जनयुद्धले ठूला र शक्तिशाली भनिएका दललाई चुनौती दिएको थियो । जनमुक्ति सेना गठनदेखि कम्युन, जनअदालत गठन आधार इलाको निर्माणको अभ्याससम्म हुनु क्रान्तिको नयाँ प्रयोग थियो । माओवादी पार्टी र जनमुक्ति सेनाको प्रभावले एक प्रकारको आँधिवेरी सृजना गरेको जनयुद्धले संसार हल्लाएको थियो । विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बन्यो । जनयुद्धयले माक्र्सवादको प्रयोग शान्तिपूर्ण रुपमा मात्र गर्नुपर्छ भन्ने सोँच र दृष्टिकोणलाई चुनौती दिएको छ ।

दिशाहीन कम्युनिष्ट आन्दोलन
झापा बिद्रोह र जनयुद्धको जगबाट स्थापित नेकपा एमाले र नेकपा माओवादी बीच एकता भएको तीन वर्षमै पुनः विभाजित भएका छन् । नेपालमा दुई ठुला कम्युनिष्ट पार्टी वीचको एकताले निर्माण भएको दुई तिहाइको सरकार नेपाली काँग्रेसको शरणमा पुगेको छ । निर्वाचनमा बाँडिएको समाजवादको सपना धमिरा लागेको छ । नेकपाको एकता तीन वर्ष पनि टिक्क सकेन । झापा बिद्रोहका अगुवा प्रधानमन्त्री केपी ओली र जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड दुई अलग अलग समूहमा विभाजित छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा विचार, सिद्धान्त र कम्युनिष्ट आदर्श दुलिसात भएको छ । पद, पैसा, पावर सिद्धान्त र कार्यनीति बनेका छन् । नेपाली कम्युनिष्टका लागि झापा बिद्रोह र सुखानी मक्कामदिना भएपनि त्यसका आदर्श अर्थहीन भएका छन् । सुखानीका शहीदका बलिदानको आठेभक्ति हुन्छ, तर तिनका आर्दश रसातलमा पुगेको छ ।

एकीकृत हुँदै गएको नेपालको कम्युनिष्ट आन्दोलन पुनः विभाजन हुनु दुर्भाग्यपूर्ण अवस्था हो । पार्टी एकताले पूर्णता नपाउँदै दुई कित्तामा भएको विभाजन सत्ता, शक्ति र दम्भको परिणती हो । शिखरमा पुगेको नेपालको कम्युनिष्ट आन्दोलन आज कोमामा पुगेको छ । समाजवादको सपना अब कल्पनामा सीमित हुँदै गएको छ । नयाँ पुस्ता निरिह सावित हुँदै गएको छ । क्रान्ति, परिवर्तन, समाजवाद फगत फोस्रा आदर्शमा रुपान्तरण भएका छन् । कोमामा पुगेको नेकपाको भविश्य के हुन्छ अनुमान मात्र गर्न सकिने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्