Logo
  बैशाख ८, २०७८ बुधबार

नेपालमा ९४ जनामा कोरोना संक्रमण, ७१ जना डिस्चार्ज



काठमाडौँ, १२ फागुन । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । आज ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७१ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ६६ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ५० हजार २३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्