सुमो दुर्घटनाहुँदा ११ जना घाइते

मकवानपुर, ११ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– २ स्थित चौकीटोलमा दुईवटा सुमो एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् । आज बिहान भएको उक्त दुर्घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
हेटौंंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश – ३ –०३–००१ ज ००२९ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।