देशभर १२५ संक्रमित, ९० जना संक्रमणमुक्त

काठमाडौं, १० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।