Logo
  फाल्गुन १२, २०७७ बुधबार

बिपिन र आँचललाई सम्मान



चितवन, ६ फागुन । नेपाली चलचित्र क्षेत्रका चर्चित नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई चितवनमा सम्मान गरिएको छ ।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा नायक कार्की र नायिका शर्मालाई सम्मान गरिएको हो ।

नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै नायक कार्की र नायिका शर्मालाई सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ बताएका छन् ।

वार्षिकोत्सव कार्यक्रममा नायक कार्की र नायिका शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी , समाजसेवी र खेलाडीहरु पनि सम्मान गरिएको छ ।

सो अवसरमा साहित्यकार झमक घिमिरेद्धारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्