आगामी शैक्षिक सत्र असारदेखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ, ६ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अगामी शैक्षिक सत्र असारदेखि शुरु गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने र असारका शुरु गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । संशोधित नियमावली अनुसार नै साविकको भन्दा दुई महिना ढिलो गरी शैक्षिक सत्र सार्ने निर्णय लिइएको मन्त्रालयको भनाइ छ ।
यसअघि सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिने गरेको थियो । तर, गत वर्षको चैतमा लकडाउन भएर लामो समय शैक्षिक गतिविधि सञ्चालन नहुँदा शैक्षिक सत्र सार्नुपरेको मन्त्रालयले बताएको छ ।