Logo
  फाल्गुन १२, २०७७ बुधबार

देशभर २४० जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु



काठमाडौँ, ३ माघ । पछिल्लो २४ घण्टामा देशभर थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप ६ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । यस्तै मृतकको संख्या १ हजार ९५४ पुगेको छ ।

यसैगरी देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ । गत २४ घण्टामा ३ हजार ८४४ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म २० लाख ८ हजार बढीको परीक्षण भइसकेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा ४७७ जना उपचारपछि डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्