Logo
  माघ ९, २०७७ शुक्रबार

केपी गुटका भ्रमहरुलाई एक एक गरी चिर्नुपर्ने: नेपाल



काठमाडौँ, २९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेषता नै भ्रम र झुट भएको बताएका छन् । प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा नेपाले केपी गुटले अगाडि सारेका भ्रमहरुलाई एक एक गरी चिर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘उहाँको विशेषता नै भ्रम र झुट हो । केपी ओलीले लोकतन्त्रको मर्ममाथि प्रहार गर्नुभएको छ। हामी कुनै पद प्राप्तिका लागि होइन, संविधान र लोकतन्त्रको रक्षाका लागि लागेका हौं । ओलीको गुट गलत बाटोमा छ, हामी सही बाटोमा छौं । ओली गुटले फैलाएका भ्रम चिर्न आवश्यक छ। ओली झुटको पुलिन्दा हुनुहुन्छ।’

ओली कहिले सुधारिने मानिस होइन। उहाँ कहिले झुक्न खोज्नुहुन्न,’ उनले भने। केपी ओली कम्युनिस्ट नभएको आरोप नेपालले लगाए।

प्रतिक्रिया दिनुहोस्