Logo
  माघ ९, २०७७ शुक्रबार

राजश्व कार्यालय बालाजुका कर्मचारी घूससहित पक्राउ



काठमाडौँ, २९ पुस । आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा घूस रकमसहित पक्राउ परेका छन् ।

टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजीकरण गरिदिए वापत ४३ हजार मागेर लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले घुस दिने मगरलाई समेत नियन्त्रणमा लिएको छ ।

अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्