Logo
  माघ ९, २०७७ शुक्रबार

गत वर्षदेखि तीनपटक प्रयास गरेर ओलीले पार्टी फुटाए: प्रचण्ड



काठमाडौँ, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वर्षदेखि तीनपटक प्रयास गरेर ओलीले पार्टी फुटाएको बताए ।

‘‘पोहोर सालदेखि तीनपटक पार्टी फुटाउन खोज्नु भो हामीले जोगायौं । अहिले त घरमै आगो लगाइदिनुभयो,” अध्यक्ष दाहालले भने, “अस्तिको बैठकमा भारतले र साथीहरुले हटाउन खोजेको भन्नुहुन्थ्यो । भारतले हटाउन खोज्दैमा हटाउन हुँदैन भनेर हटाएका थिएनौं ।”

बुधबार काठमाडौंमा आयोजित दाहाल-नेपाल पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विदेशी शक्ति केन्द्रहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्र सुनाएको टिप्पणी गरेका छन्। दाहालले प्रधानमन्त्री ओलीले विदेशी शक्ति केन्द्रको मन्त्र सुनेर संसद् विघटन र पार्टी विभाजन गरेको दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यानललाई दिएको अन्तर्वार्ता पनि नाटक भएको बताएका छन् । ‘उहाँलाई लोकतन्त्र, राष्ट्रप्रति अलिकति पनि जिम्मेवारीबोध भएको भए, अहिले त देखिएको छ, विदेशी शक्ति केन्द्र आएर के के मन्त्र सुनाए, उहाँले त्यो मन्त्र सुन्नु भयो,’ दाहालले भने,’ अस्ति भर्खर हेर्नु भयो जी न्यूजको अन्तर्वार्ता । उहाँले त्यो बोलाएको, त्यो पनि नाटकै हो । नाटक हो भन्ने कुराको पट्टाक्षेप भइसक्यो ।’

प्रतिक्रिया दिनुहोस्