Logo
  माघ ९, २०७७ शुक्रबार

बिर्तामोडमा भक्का दिवस मनाइयो (फोटोसहित)



बिर्तामोड, २९ पुस । झापाको बिर्तामोडमा लोक सांस्कृतिक कार्यक्रमसहित चौथो भक्का दिवस मनाइएको छ । कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भक्का दिवस मनाइएको हो ।

कोच राजवंशी समुदायमा मात्र सिमित रहेको भाक्का खाने चलन पछिल्लो समय अन्य जातजातिबीच लोकप्रिय बन्दै गएपछि झापामा भक्का दिवस मनाउन थालिएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।

कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाउँदै आएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष राजवंशीले बताए ।

भक्काको प्रवद्र्धन गर्न कोचिला गाभुर फ्रन्टलगायतका अन्य दर्जनौं सामाजिक संघसंस्थाले ऎक्यबद्धता जनाउन थालेका छन्। कार्यक्रममा विभिन्न जातिय भेषभूषा लोक सांस्कृतिक बाजाहरू र पहिरनको प्रर्दशन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्