Logo
  माघ ९, २०७७ शुक्रबार

झापामा मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ



झापा, २८ पुस । मोटरसाइकल चोरीमा संग्लग्न समूहका ७ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको छ ।

प्रहरीले पक्राउ गरेको इलामको माई नगरपालिका–२ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका–३ घर भई बिर्तामोड बस्ने २१ बर्षीय रोशन भन्ने पासाङ तामाङ र सिदिङवा गाउँपालिका–४ का २२ बर्षीय सन्दिप लिम्बुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले अपरेसन हन्ट चलाएर उनीहरुलाई चारीका ४ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । प्रहरीले चोरी भएका ११ थान मोटरसाइकल बरामद गरेको छ । बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका क्षेत्रबाट केहस् समय यता मोटरसाइकल र स्कुटर हराउन थालेपनि प्रहरीले अपरेसन हन्ट चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्