Logo
  माघ ९, २०७७ शुक्रबार

तोलामा ८०० ले घट्यो सुनको मूल्य



काठमाडौँ, २७ पुस । तोलामा दुई हजार ३०० रुपैयाँले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि तोलामा ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । चाँदी तोलामा ४० रुपैयाँले घटेको छ । आइतबार एक हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्