Logo
  माघ ९, २०७७ शुक्रबार

नेपाली बजारमा सुनको मूल्य घट्यो



काठमाडौँ, २६ पुस । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको पहिलो दिन सुन तोलामा २ हजार ३०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३०० रुपैयाँ रहेको थियो । तर आइतबार सुनको मूल्य ह्वात्तै घटेर तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार २७० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्