Logo
  माघ ९, २०७७ शुक्रबार

माओवादी आरोपमा भारतमा पाएको त्यो यातना…



आज जनवरी ७ अर्थात पौष २३ गते म कहिल्यै सपाङ्ग नहुनेगरी त्यतिवेला सन द्दण्ण्द्दमा प्रहरी हिरासत भित्र यातना भोगेर अंग भंग भएथें । त्यसैले दैत्य कथा जस्तै लाग्ने उक्त कालो दिनको सम्झना स्वरुप एक तितो सत्यमा आधारित सानो पंत्ती छोडने अनुमति चाहान्छु ।

भारतीय भूमिबाट पुलिसको घेराउबाट
संझिरहेंथे मेरो नेपाललाई यातनाको जंजिरबाट,
हो… यातना कोजंजिरबाट ।

सिलिगुडी प्रहरी हिरासतबाट जल्लाद हरुको बीचबाट
संझिरहे मेरी आमालाई पीडादायी क्षणबाट
हो….पीडादायी क्षणबाट….।
बच्चाहरुलाई घरमा छोडदा, मन रूदो रैछ…
ससाना छोरीहरुको यादमा, मुटु काम्दो रैछ
हिरासतमा यातना पाउँदा, अईया आमा भने…
हिटरमा पिसाप गर्दा, होसै गुमाऊन पुगे
हो, भारतको भूमिबाट………।

जनप्रिय गायक जीवन शर्माको श्वरमा पंचायत कालमा लोकपृय बनेको जनवादी गीत फोकल्यान्डको टापुबाट शिर्षकमा गाउन मेरो जीवनको भोगाई गाथा केवल शब्दमा उतार्न मात्र खोजेको हूँ ।

सन 2001को दिसेम्वर 10 मा जल्पाईगुडीको नगरकटा भन्ने स्थानमा दुर्घटना परी उपचारका लागि सिलिगुडीको पारामाउन्ट नर्सिङ होममा भर्ना भए । त्याहाँको आई.सि.यूमा टाउकाको अपरेशन गरियो । प्रहरी घेराउमा म बेहोस अवस्थामा थिए ।

मेरी आमा जनवरी ट मा आईसीयू मै गएर भोलीसम्म धैर्य पूर्वक बस, अव त होस आएछ बाँचिस छोरा १ भोली झापाका सबै पत्रकार तेरा साथी लिएर आउछु, अनी तलाई छुटाएर नेपाल लैजाउँला भन्नुभयो । आमाका यी वात्सल्यतापूर्ण भनाईलाई आशावादी हुँदै रातभर खुशी भएर अस्पतालमा सुतिरहे ।

भोलीपल्ट नभन्दै आमा सँग तत्कालीन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हाल दिवंगत आदरणीय दाई मदन ढकाल अग्रज पत्रकारहरू गोविन्द क्षेत्री, केशव आचार्य, रामनाथ बाँस्कोटा र अन्य मित्रहरू भिम नेम्वाङ्ग, तीर्थ सिग्देल, जी एन शर्मा, गोपाल गिरी, नेत्र पाठक, कृष्ण हुमागाँई माधव बिद्रोही लगायत टुप्लुक्क पारामाउन्ट नर्सिङ होममा पुग्नु भयो । ऊहाँहरु पुगेपछि अस्पतालको बीलबाट हैरान भएको भारतीय प्रहरीले खोक्रो आश्वासन दिँदै भनेछ, ६ लाख भारू तीर्नुहोस् लैजानुहोस् ।

पत्रकार मित्रहरू र आमाले प्रहरीको दुईजिब्रे कुरा बुझ्नू भएन मान्छे फिर्तालान पाईने भयो भनेर बिर्तामोड बजारको बीचमा पर्ने मेरो घर बेचेर तीर्नेगरी साहू काडेर आमाले ऋण खोजेको १० लाख नेरू अस्पतालको उपचार खर्च तिरियो ।

जुन ऋण म एकवर्ष पछि जेलबाट छुटेर सावाँब्याज डबल साँच्चै मैले खाई नखाई पैसा भेलागरी अनी पिताजी ले दिएको अंशको जमिन बेचेर किनेको बिर्तामोडको मूल्यवान घर बिक्री गरेरै तिर्नु पर्यो । वास्तवमा जुनदिन घर बेचे त्यहीदिनबाट सुकुम्बासी सरह भएको म अझैसम्म डेरा बहाललाई बासस्थान बनाइ रहेको छु ।

घरै हिडनेगरी उपचार खर्च तिरेर जव म अस्पतालबाट बाहिर निकालिए अनी आयो बंगाली पुलिसको भ्यान र हाल्यो मलाई गाडीमा । र, भन्यो सबै आउ थानामा सही गरेर लैजाउ तिम्रो मान्छे ।

अझैपनि चतुर भारतीय खुफिया एजेन्सीको प्लान बुझिएन पत्रकार मित्रहरू र आमा प्रहरी कार्यालय सिलिगुडी पुग्नुभयो । तर, भनाई एउटा गराई अर्को भारतीय नौकरशाहहरुको चलन म माथी दोहोरियो ।

फलत अस्पतालको बील तिराएर फसाउन उद्दत भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाईसिन्स व्यीङ्स र बंगाली प्रहरीले झापाली पत्रकार र आमालाई लाठी हान्दै खेदेर मलाई कालकोठरी यातना ग्रिह भित्र हाल्यो ।

पैसा गयो, सर्वस्व भयो, मान्छे पनि दिएन । स्वर सम्राट नारायण गोपाल ले गाएको मुटुमाथि ढुंगा राखी हाँस्नु पर्याछ भन्ने गीत जस्तै भयो त्यसदिन झापाली पत्रकार र मेरी आमालाई ।

रूदै दिक्क मान्दै ऊहाँहरु नेपाल फर्कनु भयो । मलाई भने खुट्टो समेत भाच्चिएको टाउको अप्रेशन गरेको घाईते अबस्थामा स्टेचरमा राखेर हालियो काल कोठरी हिरासतमा । अनी आधा नेपाली आधा हिन्दी आधा बंगाली भाषा प्रयोग गर्दै एक प्रहरी ओस्तातले उर्दी जारी गरे हिरासतमा भएका करिव ८० जनाजती थुनुवालाई यो घाईते सँग नबोल्नु है भनेर ।

प्रहरी हिरासत भित्र रक्शी खाने, लागु औषधका कारोबारी, चोर, डाका, ज्यानमारा र दुई नम्बरी धन्दावाला सबै थिए भन्दै थिए । हाम्रो त छोटा मोटा केश हुन छुटिन्छ, यो नेपाली दाजु त आतंककारीमा परेछ कि लाईफ जेल, कि फाँसी…., भनेर अन्य थुनुवाले गफगरेको सुनेपछि मेरो अस्पतालमा खुलेको होस आधागुम्न पुग्यौ ।

जब रात छिपियो मलाई दुईजनाले बोकेर बाहिर सिलिगुडी थानाका बडाबाबु भनिदो रहेछ अफिसरको रूममा ल्याए । वरीपरी २० जती बन्दूक बोकेका भारतीय, प्रहरी बीचमा सिलिगुडीका प्रहरी प्रमुख अनी साईडमा रअ का हाकिम रहेछन् । नेपाली भाषी नरेन्द्र क्षेत्री अनी ईलाका प्रहरी कार्यालय बिर्तामोडका हवल्दार अमर बिष्ठ मैले प्रष्ट देखेको थिए ।

बार फे बाफ…..अब सुरूभयो सोधनी नेपाली माओवादी आन्दोलन हथियार र माओवादी नेताहरू कहाँ बस्छनरु भन्ने बारेमा अलग र अलग भाषामा अलग र अलग प्रश्न । बंगालीमा सोदियो तुमार बाडी कोथाई ? हिन्दीमा तुमारे बडि माओवादी नेतृ सरस्वती महरा कहाँ है ? अंङ्गेजीमा सोधियो Do you know Mr Ram karki ? उनीहरू सिक्किम कार्यक्षेत्र भएका तत्कालीन भूमिगत माओवादी नेता अहिलेका झापा क्षेत्र नः १ का सांसद राम कार्की बारे बुझ्न खोज्दै थिए ।

झापाबाट गएका प्रहरी प्रतिनिधि अमर बिष्ठ हतियार राखेको ठाउँ देखाउन जोड जबर्जष्ती गर्दै थिए । तर, म एउटा कलम चलाएर खाने सँग माथिका प्रश्नको उत्तर थिएन । मैले चिन्दिन जान्दिन थाहाछैन भनिदिए तर उनीहरूलाई मान्य भएन रातले सन्नाटा छाईरहेका बेला निर्दयी प्रहरीका हाकिमले मलाई यातना दिन आदेशगरेपछि जल्लाजहरुले स्टेचरबाट उठाएर कम्मर मुनी बुट लात्तिले ३० पटक हानेको थाहा छ ।

दुबैहातमा डोरी वाला लठीले ६० भन्दा धेरै हानेपछि म घाईते आत्तिए अनी पिसाव लाग्यो भनेर चिच्चाए नै । निर्दयी प्रहरीले हिडन सक्दैनस ला यही पिसाव गर भनेर एउटा बटुको जस्तो राखिदिए । आखिर रहेछ हिटर पिसाव के फेर्न सुरु मात्र गरेको थिए, बिद्दुतीय करेन्ट पानी रुपी पिसापमा प्रवाह भएपछि म बेहोस भएछु ।

मलाई त्यतिवेला दिएको यातना कै कारण अहिले पिसाप सम्वन्धी दीर्घरोगी र शरीरका अंग अंग दुख्ने, राती चिच्याउने, खाएको नपच्ने आदी समस्या त छदैछन्, मुटुको समस्या पनि यातनाकै कारण आएको बरिष्ठ कार्डियोलोजिष्ट डास् मनबहादुर केसीले बताईदिनु भएको छ ।

जेलबाट छुटे लगत्तै आँखाको ज्योती गुमेकोबारे बीर अस्पतालमा आएर जचाउँदा डा स् उपेन्द देवकोटाले पनि टाउकाको अपरेशन गर्दा कमजोर भएको आई भेन यातनाको बेला चुडिएकाले पुन जोडन नसकिने पक्का गरिदिनुभाथ्यो । जब उहाँले बताउनु भयो तव थाहा भयो मेरो दाँहिने आँखाको ज्योती पनि त्यही जनवरी ७ मै खोसिएछ ।

रातभरको यातना र पिटाई अनी करेन्ट लागेर बेहोस भएको मलाई बिहानी पख एक भूटिया जातका भारतीय प्रहरी अधिकृतले ब्युँझाएर एउटा पेपरमा सही गर्न लगाए ।

जहाँ आतंकवाद बिरोधी भारतीय कानूनका धारा १२१, १२२, १२३, १४२ र १४४ धारामा उल्लेखित कसुर अनुसार कारबाहीको माग राखेर म माथि सिलिगुडी डिभिजनल कोर्टमा मुद्दा दर्ता गर्ने तयारी रहेछ ।

अदालतले घाईतेवारे सोधपुछ गर्ने संभावना भएकाले होला म्याद थपगर्दै खानपनि राम्रो नदिएर आफन्तसंग भेटन नदिएरै ७ दिन हिरासतमा राखेरपछि मात्र अदालतमा हाजिर गराईएको थियो ।

त्यसैले त बिगत अर्थात सन द्दण्ण्द्दको जनवरी ठ संझन्छु अनी भक्कानिएर झोक्रिन्छु । वास्तवमै पुर्नजन्मको कुन कुकर्मको परिणाम हो ? वा प्रारब्ध हो कि ? संसार मेरो त्यसदिन खोखिएछ…
आँखाको ज्योती यसैदिन गुम्यो।
शरिर अंग भंग यसैदिन भयो ।
यातनाले शरीर दीर्घरोगी आजैदेखि भयो ।
त्यतिमात्र कहाँ हो र पिता माताले दिएको र आफैले थुक तेल गरेर जोडेको घर जग्गापनि गयो, अनी सडकछाप सुकुम्बासी भईयो ।

हे भगवान, यो घटनालाई पनि मैले जीवनभोगाईको कृपाको रुपमा घटना घटेको धेरैबर्ष पछि बुझें । कृपा सुल्टो मात्र हुँदैन उल्टो पनि हुन्छ भन्नेकुरा त्यसैले आज त्यही जनवरी ठ मा प्रभु सँग प्राथना छ । संसारमा मलाई एक्लै बनाई दयादिनुहोस । म दयाकौ भिखारी हो मेरो क्रन्दन सुनिदिनुहोस ।

प्रभुबाट केवल दया र प्रेम अनी गुरू भक्तिको कृपा संसार अनी सरकारबाट न्याय र सहयोगको अपेक्षा गरेको छु भुल भएमा क्षमा पाउँ ।
संकटकाल जेल र यातनाबारे क्रमशः…….
लेखक मिश्र झापामा रहेर लामो समय पत्रकारितामा सक्रिय रहे । नेपालमा संकटकाल लागेका समय भारतको सिक्किमबाट फर्कदाँ सवारी दुर्घटनामा परेका थिए । भारतीय प्रहरीले उनलाई माओवादीको ओरोपमा पक्राउ गरी आतंककारी मुद्दा चलायो र यातना दिएको थियो । कुनै समयका क्रान्तिकारी भौतिकवादी विचारका मिश्र हाल काठमाडौँमा पत्रकारितासँगै अध्यात्मिक साधनामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्