Logo
  माघ ३, २०७७ शनिबार

झापाका थप ९० जनामा कोरोना संक्रमण



झापा, ८ मंसिर । पछिल्लो २४ घण्टामा झापाका थप ९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३८ महिला र ५२ पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु दममका ४९, बिर्तामोडका ३, मेचीनगरका ८, भद्रपुरका ७, कन्काईका ८ हल्दिबारी र बुद्धशान्तिका १–१, अर्जुनधाराका ४, कचनकवल, शिवसताक्षी, कमल झापाका २–२ र अन्य(इलाम ठेगाना भएका) १ जना गरि ९० जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

योसँगै हाल झापामा कुल संक्रमितको संख्या तीन हजार ३६१ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या दुई हजार २७३ रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ९९२ जना रहेको छ ।

त्यस्तै जिल्लामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर ८ का ७३ वर्षीय पुरुष र मेचीनगर ४ की ८२ वर्षीय महिला रहेका छन् । योसँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्