बागलुङको आन्तरिक राजस्व कार्यालय बन्यो वर्षको उत्कृष्ट कर कार्यालय

बागलुङ, ८ मंसिर । आन्तरिक राजस्व कार्यालय बागलुङ गत आर्थिक वर्षको उत्कृष्ट कर कार्यालय बनेको छ ।बागलुङकाठमाडौँ, ८ मंसिर । आन्तरिक राजस्व कार्यालय बागलुङ गत आर्थिक वर्षको उत्कृष्ट कर कार्यालय बनेको छ ।
नवौं कर दिवसको अवसरमा आर्थिक वर्ष २०७६/७७ मा बागलुङ कार्यालय उत्कृष्ट घोषित भएको हो । आन्तरिक राजस्व विभागले कार्य सम्पादन र राजस्व लक्ष्यजस्ता सूचकका आधारमा बागलुङ कार्यालयलाई उत्कृष्ट घोषणा गरेको हो ।
बागलुङपछि आन्तरिक राजस्व कार्यालय सिमरा उत्कृष्ट बनेको छ । धुलिखेलको आन्तरिक राजस्व कार्यालय उत्कृष्टको सूचीमा तेस्रो स्थानमा छ ।