Logo
  माघ ३, २०७७ शनिबार

पार्टीको विवादलाई सुस्पष्ट मार्गचित्रको अवसरमा बदल्नुपर्छ: उपप्रधानमन्त्री



काठमाडौँ, ८ मंसिर । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीभित्रको विद्यमान विवादहरुलाई सुस्पष्ट मार्गचित्र निर्माण गर्ने अवसरमा बदल्नुपर्ने बताएका छन् ।

विचार र नेतृत्वका देखिएको ‘ग्रे’ एरियालाई मेटाएर स्पष्ट मार्गचित्र बनाउने अवसरमा बदलेर पार्टीलाई नयाँ उचाइमा पुर्याउनुपर्ने धारणा उनले व्यक्त गरेका हुन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘नेकपाभित्र अहिलेको देखिएका चुनौतीलाई यसबीच विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका ग्रे एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्रसहित अघि बढ्ने अवसरमा बदल्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्