Logo

ओलीनिकट तीन नेताहरुसँग प्रचण्डको छुट्टाछुट्टै छलफल



काठमाडौं, ५ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीनिकट नेताहरुसँग पालैपालो छलफल गरेका छन् । आज पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष दाहालले महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र सुवास नेम्बाङसँग छुट्टाछुट्टै छलफल गरे ।

नेकपाभित्रको गहिरिँदो विवाद भइरहेका बेला कार्यकारी अध्यक्ष दाहाल र महासचिव पौडेलका बीचमा मंसिर १३ गते हुने सचिवालय बैठकलगायतका विषयमा छलफल भए पनि निकास निस्कन भने अझै सकेको छैन । महासचिव पौडेलले अवस्था गम्भीर रहेको बताएपनि अध्यक्ष दाहालले भने समाधानहीन भएको तर्क गरेका थिए । यस्तै, उनले नेम्बाङ र पोखरेलसँग पनि छलफल गरेर विवादको घटनाक्रम र अवस्थाका बारेमा जानकारी गराएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्