Logo

हिरासतमै थुनुवाले गरे आत्महत्या



बाँके, ५ मंसिर । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छन्। बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्।

प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उनी शौचालयको भेन्टिलेटरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो। उनी कात्तिक १४ गते पक्राउ परेका थिए।

‘उनी हातहतियार र बम बिस्फोट सम्बन्धी मुद्दामा ७ वर्ष कारागार बसिसकेका व्यक्ति हुन्’ प्रहरी नायब उपरीक्षक खड्काले भने। आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्