Logo

कोरोनाबाट झापाका दुई पुरुषको मृत्यु, ७५ संक्रमित थपिए



झापा, ४ मंसिर । पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ९ का ७० वर्षिय र झापा ७ का ७२ वर्षिय पुरुष रहेका छन् । योसँगै झापामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै जिल्लामा आज थप ७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३५ महिला र ४० पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा दममका २०, बिर्तामोडका ११, गौरादहका ४, भद्रपुरका ७, अर्जुनधाराका ५, शिवसताक्षीका २, कमलका ४, झापाका ६, कन्काईका ४, मेचीनगरका ७, हल्दिबारीका ३, गौरिगञ्ज र बुद्धशान्तिका १–१ जना गरि ७५ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

योसँगै हाल झापामा कुल संक्रमितको संख्या तीन हजार १६८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ९८५ रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार ९५ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्