Logo

रमेश र केकीको ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक (भिडियोसहित)



झापा, ३० कात्तिक । झापाली सञ्चारकर्मी तथा मोडल रमेश तिवारी र नायिका केकी अधिकारी अभिनित म्युजिक भिडियो ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक भएको छ ।

प्रेम शैलीको गीतमा युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल गायन सुन्न सकिन्छ। चुडामणि पौडेलको शब्द र टिका भण्डारीले संगीतवद्द गरेको गीतमा रोमी बस्नेतको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा रमेश तिवारी र केकी अधिकारीको अभिनय देख्न सकिन्छ। साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत अभिनय रहेको छ।

भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्। भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्