Logo

कर्णाली सहकारीद्वारा सदस्य परिवारलाई किरिया खर्च



दमक, ६ कात्तिक । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली सहकारी संस्थाले आप्mना सेयर सदस्यको परिवारमा मृत्यु भए वापद दिने काजकिरिया खर्च वापदको रकम हस्तान्तरण गरेको छ ।

दमक ४ निवासी सहकारीका विशेष सेयर सदस्य मोहन सिवाकोटीका बुबाको निधन भएकोमा संस्थाको तर्पmबाट पाउने १ लाख २० हजार रुपैयाँ बुधबार परिवारका सदस्यलाई उपलब्ध गराइएको दमक सेवा केन्द्र व्यवस्थापक सुजन भण्डारीले जानकारी दिए ।

सहकारीका उपाध्यक्ष ईश्वरी खरेल, कोषाध्यक्ष एकराज विष्टसहित दमक सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक शेरबहादुर भट्टराई, सदस्य मुकुन्द उप्रेती, गिरिराज भट्टराई, सहकारीका कर्मचारी लगायतको टोलीले सिवाकोटीको घरमा रकम हस्तान्तरण गरेको हो ।

त्यसैगरी सहकारीका साधारण सेयर सदस्य दमक ६ निवासी आर.बि. थापाको चौथो दिनको पुण्य तिथिमा समवेदना सहित ६ हजार रुपैयाँ, दमक ५ का गौतमकुमार लामाका बुबाको काजकिरिया खर्च बापत ५ हजार रुपैयाँ र झापा सिवसताक्षीका महेन्द्र खत्रीको आमाको काजक्रिया खर्च बापत ५ हजार रुपैयाँ उपलब्ध गराइएको सहकारीका दमक सेवाकेन्द्र व्यवस्थापक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्