Logo

झापामा ६४ जना कोरोना संक्रमित थपिए



झापा, ४ कात्तिक । झापाका थप ६४ जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३४ महिला र ३० पुरुष रहेका छन ।

आज थपिएका संक्रमितहरु भद्रपुर ९, बिर्तामोडमा १७, दमकमा २६, हल्दिबारीमा ३, मेचीनगरका ४, कन्काइ, कमल, बार्हदशी, बुद्धशान्ती, अर्जुनधाराका एक-एक जना गरि ६४ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

हाल झापामा कुल संक्रमितको संख्या १४७१ पुगेको छ भने कोरोनाबाट हाल सम्म झापामा १८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्