Logo

फुङ्लिङ बजारमा कम तौल र म्याद गुज्रेका खाद्य सामग्री



ताप्लेजुङ, २ कात्तिक । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा कम तौल भएका तथा म्याद गुज्रेका खाद्य सामग्रीहरु फेला परेका छन् ।

चाडपर्व लक्षित गरेर आइतबार गरिएको बजार अनुगमनका क्रमामा बिक्री गर्न प्याकिङ गरेर राखिएका खाद्य सामग्री कम तौल भएको भेटिएको छ भने केही खाद्य सामग्रीहरु म्याद गुज्रेका भेटिएका हुन् ।

फुङ्लिङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय लगायतले संयुक्त रुपमा गरेको बजार अनुगमनका चिनी, दाल, चना, मटरजस्ता दैनिक उपभोग्य सामग्रीको पोकामा ५० ग्रामसम्म कम तौल भएको भेटिएको छ ।

उक्त सामग्रीहरु प्याकिङ गरिएको एक किलोग्राममा ५० ग्रामसम्म र आधा किलोग्रामको पोकामा २५÷३० ग्रामसम्म कम तौल भएको भेटिएको बजार अनुगमन कार्यदलका संयोजक भूपालकुमार सेन्दाङले जानकारी दिए । सेन्दाङले खुद्रा बिक्रीका लागि व्यवसायीले प्याकिङ गरेर राखेको सामग्रीमा त्यस्तो कमजोरी भेटिएको बताए ।

यस्तै थुक्पा, चाउचाउ, जिरा तथा मेथी मसलाजस्ता खाद्य सामग्री र कोकाकोला, स्प्राइट, जुस, फ्रुटीजस्ता पेय पदार्थ म्याद गुज्रेका भेटिएको छ । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका अखाद्य वस्तुहरु सबै जफत गरिएको अनुगमन कार्यदलका सदस्य घरेलु तथा साना उद्योग कार्यालयका प्रमखु उद्योग अधिकृत देउप्रकाश तामाङले जानकारी दिए । उनका अ नुसार कम तौल भएका खाद्य सामग्री तत्काल प्याकिङबाट हटाउन अर्थात फुटाउन लगाइएको छ ।

यता सामान पुनः पाकिङ गर्दा तौल पु¥याउन र आउँदो दिनमा कमजोरी नदोहो¥याउन पनि सम्बन्धित व्यवसायीलाई सचेत गराएको बजार अनुगमन समितिले जनाएको छ । कम तौल भएको र म्याद गुज्रेका खाद्य सामग्रीहरु बिक्री गर्नु उपभोक्तामाथि ठगी हुने भएकाले त्यस किसिमको उपभोक्ता हित विपरीत व्यवहार गरेको पाइएमा वा सामान बिक्री गरेर उपभोक्तालाई झुक्याएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यवसायीलाई चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्