Logo

जनस्वास्थ्यका ३ कर्मचारीसहित झापाका ४६ जनालाई कोरोना संक्रमण



झापा, २ कात्तिक । जनस्वास्थ्यका ३ कर्मचारीसहित आज झापाका थप ४६ जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १५ महिला र ३१ पुरुष रहेका छन ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज थपिएका संक्रमितहरु भद्रपुरका १७, बिर्तामोडका ७, अर्जुनधाराका २, बाह्रदशीका १, दमकका ३, कमलका १, मेचीनगरका ९, गौरादहका २ र झापाका १ जना गरि ४६ जना रहेका छन् । जसमा भद्रपुरमा संक्रमण पुष्टि भएका ३ जना जनस्वास्थ्यका कर्मचारी रहेको बताइएको छ ।

हालसम्म झापामा कुल संक्रमितको संख्या १३७६ पुगेको छ भने कोरोनाका कारण झापाका १६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्