Logo

हालसम्म कोरोनाबाट ७३९ जनाको मृत्यु



काठमाडौँ, २ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय ३९ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित तथा मृतकको संख्या बढीरहेको छ ।

गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार मात्रै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्