Logo

झापाका थप ७९ स्थानीयलाई कोरोना संक्रमण



झापा, १ कात्तिक । जिल्लाका भद्रपुरका ८ जना सुरक्षाकर्मीसहित झापाका थप ७९ जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३१ महिला र ४८ पुरुष रहेका छन ।

आज थपिएका संक्रमितहरु भद्रपुर १३, बिर्तामोडमा २२, दमकमा १४, कन्काइमा ९, हल्दिबारीमा १, कमल ३, मेचीनगरमा १३, गौरादहमा २ शिवसताक्षिमा २ जना गरि ७९ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा दमक र गौरादहमा संक्रमण पुष्टि भएका एक-एक जनाको मृत्यु भएको छ । कोरोनाबाट हाल सम्म झापामा १५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्