Logo

कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु, कुल संख्या ७२७ पुग्यो



काठमाडौँ, १ कात्तिक । नेपालमा आज थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्