Logo

‘गरिबी निवारणका लागि माग र रुचीमा आधारित उद्यमशीलता तालिम दिइने’



काठमाडौँ, १ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रुचीमा आधारिक उद्यमशीलता तालिम दिइने बताएकी छिन् ।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

गरिबी निवारणका निम्ती जनस्तरमा कस्तो माग रहेको छ त्यसमा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने मन्त्री अर्यालको भनाई छ ।

गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरूको जीवनस्तरमाथि उकास्नका निम्ती एकीकृत गरिबी निवारणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताइन् ।

मन्त्री अर्यालले भनेकी छिन्, ‘गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्छ । उनीहरूलाई चाहिएको के हो ? रुची के मा छ ? त्यस्ता कुराहरुको पहिचान गरेर उनीहरुलाई सिप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्