Logo

कोरोना संक्रमणबाट वडा सदस्यको निधन



चितवन, १ कात्तिक । चितवनकाे खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीबहादुर पाण्डेको कोरोना संक्रमणबाट निधन भएको छ ।

भरतपुर अस्पतालमा उपचारका क्रममा वडा सदस्य पाण्डेको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी क्यान्सरबाट समेत पीडित थिए ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको असोज २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो । काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्