Logo

एम्बाप्पेको दुई गोल मद्दतमा पीएसजीको जित



काठमाडौं १ कात्तिक । केलियन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा निम्सलाई ४–० ले हराउँदै पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

पीएसजीको सहज जितमा एम्बाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी र पाब्लो सारावियाले समान एकरएक गोल गरे । लिग वानको पछिल्लो पाँच खेलमा पीएजसीको यो लगातार पाँचौ जित हो । पीएसजीले सुरुवाती दुई खेल गुमाएको थियो ।

जितसँगै पीएसजीको ७ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै रेनेसलेको पनि १५ अंक नै रहे पनि गोलअन्तरमा पीएसजी शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्