Logo

करणी उद्योगमा कारागार चलान



ताप्लेजुङ, ३० असोज । ताप्लेजुङमा महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक युवक कारागार चलान भएका छन् । स्थानीय एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. १ नाङ्खोल्याङका २६ वर्षीय मिथुन भुजुवार कारागार चलान भएका हुन् ।

आजभन्दा दुई वर्षअघि २०७५ असोज २५ गते राती भुजुवारले स्थानीय ३१ वर्षीय एक महिलामाथि जबरजस्ती करणीको प्रयास गरेका थिए । घटनाको दोस्रो दिन पीडित महिला आफैंले प्रहरीमा किटानी जाहेरी दिएको र जाहेरीपछि हालसम्म फरार रहेका आरोपित भुजुवार बिहीबार पक्राउ परेका हुन् । पक्राउ गरेपश्चात जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेशअनुसार भुजुवारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्