Logo

कोरोना भाइरसः झापाका २९ स्थानियमा संक्रमण, एक जनाको मृत्यु



झापा, ३० असोज । झापामा पछिल्लो २४ घण्टामा थप २९ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ८ महिला र २१ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका २ महिला ५ पुरुष, बिर्तामोडका २ महिला ५ पुरुष, अर्जुनधाराका २ महिला १ पुरुष, कन्काईका १ पुरुष, बुद्धशान्ती २ पुरुष, दमकका १ महिला ३ पुरुष, गौरादहका २ पुरुष, कमल र शिवसताक्षीका १–१ पुरुष गरि २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बिर्तामोडका १ जना स्वास्थ्यकर्मी र अन्य सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

झापामा हालसम्म संक्रमितको संख्या १२५० पुगेको छ । जसमा ९४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । ३२१ जना सक्रिय संक्रमित हुँदा १३ जनाको निधन भइसकेको छ । कन्काइमा संक्रमण पुष्टि भएका मध्ये एक जना ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्