Logo

प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टाइनमा



काठमाडौँ ११ असोज । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीआइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टाइन गरेको आइतबार नेपाली सेनाबाट जारी एक विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्