Logo

कोरोना सङ्क्रमित सैनिकको मृत्यु



काठमाडौँ, १० असोज । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गरिएकोमा त्यही निजको मृत्यु भएको जानकारी दिइएको छ । उनको पछिल्लो स्वाश परीक्षणमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको सङ्ख्या दुई पुगेको छ ।

सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन् । सेनामा हाल कोरोना सक्रिय सङ्क्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्