Logo

कैदीसहित झापाका थप २० जनामा कोरोना संक्रमण पुष्टि



झापा, ६ असोज । जिल्लाका एक जना कैदीसहित आज थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ९ जना महिला र ११ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिका वडा न ४, ५, ७, ८ का ६ महिला, ९ पुरुष गरि १५ जना, मेचीनगर नगरपालिका वडा न ३ का २ महिला, १ पुरुष गरि ३ जना, भद्रपुर नगरपालिका वडा न १ का १ जना पुरुष र कमल गाँउपालिका वडा नं. ७ की एक महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । जसमा मेचीमा भद्रपुरका एक जना कारागारका कैदी रहेको र मेचीनगरमा संक्रमण पुष्टि भएका एक जना इलाम ठेगाना भएको चम्लागाईले बताए ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ८१३ पुगेको छ भने डिस्र्चाज हुनेको संख्या ७२२ पुगेको छ । हालसम्म झापामा सक्रिय संक्रमितको संख्या ९९ छ भने कोरोनाबाट झापाका ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्