Logo

अनसनरत डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो



काठमाडौं, ६ असोज । अनशनकै क्रममा मंगलवार काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

डा केसी जुम्लाबाट आज नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आईपुगेका हुन् । डा केसीलाई उनका सहयोगीहरुले त्रिभुवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो ।

डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कर्टिङ गरेर लगेको थियो ।

ट्रमा सेन्टर पुराइएपछि डा केसीले आफुलाई जबर्जस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै एम्बुलेन्सबाट नओर्लने अडान लिएका थिए ।तर केसीलाई प्रहरीले जवरजवस्ती ट्रमा सेन्टरभित्र लगेको थियो । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन नभएको भन्दै डा। केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित मन्दिरमा सत्याग्रह सुरु गरेका हुन् ।

त्यस क्रममा केसी सोमबार नेपालगञ्ज आएका थिए । आफ्ना माग पुरा गर्न थप दवाब दिने भन्दै केसी काठमाडौं आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्