Logo

नेकपा सचिवालय: संवैधानिक नियुक्ति र मन्त्रिमण्डल पुनर्गठनबारे छलफल



काठमाडौँ, ६ असोज । आज बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । बैठकमा संवैधानिक निकायहरूको पूर्णताका लागि नेताहरूले आ–आफ्ना सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सवैधानिक नियुक्तिका बारेमा संविधान र कानुनको मापदण्डमा टेकेर छिटो नियुक्ति प्रक्रियालाई अगाडि बढाउनुपर्ने सुझाब आएको प्रवक्ता श्रेष्ठले जानकारी गराए । नियुक्तिहरुमा देखिएको विवाद र सरकारले आफनो सवै कामको समिक्षा गरेर राजनीतिक निर्णयलाई पनि बढाउने उनको भनाइ थियो ।

त्यसका लागि अध्यक्षद्वय र महासचिवलाइ १० दिनभित्रमा ठोस प्रस्ताव तयार पार्न जिम्मा दिने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्