Logo

आज झापाका तीन पुरुषमा कोरोना संक्रमण



झापा, ४ असोज । आज जिल्लाका थप तीन जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमितहरु भद्रपुर नगरपालिका वडा न ५ का ६७ वर्षीय एक पुरुष र अर्जुनधारा नगरपालिका वडा न १ का ३२ र ४२ वर्षीय दुई पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । जसमा अर्जुनधाराका दुई जना मलेसियाबाट आएका हुन भने भद्रपुरका स्थानीय हुन ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ७९१ पुगेको छ । भने कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्