Logo

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुग्यो



काठमाडौँ, २९ भदौ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको हो ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप ११ जनाको मृत्यु भएको हो।संक्रमणबाट काठमाडौंमा ८६ वर्षीया महिलासहित चार जनाको मृत्यु भएको छ। पुरूषमा काठमाडौंका ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय छन्।

यस्तै, सर्लाहीका ६४ वर्षीय, मकवानपुरका ६१ वर्षीय, कपिलवस्तुका ५८ वर्षीय र बाराका ५५ वर्षीय पुरूषको मृत्यु भएको छ। सिराहाकी ३५ वर्षीया, बाराकी ५५ वर्षीया र रूपन्देहीकी ६४ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबारमात्रै एक हजार ६२ जना निको भई घर फर्किसकेका छन्। त्यस्तै, निको हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्