Logo

आज झापामा पाँच जना कोरोना संक्रमित थपिए



झापा, २९ भदौ । जिल्लामा आज थप पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक महिला र चारपुरुष रहेका छन् ।

मेचीनगर नगरपालिका वडा नं. ६ का एक जना र बाहिर ठेगाना भएका अन्य चार जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । एक जना महिला स्थानीय रहेको र अन्य चार जना पुरुष भारतबाट आई होटल क्वारेन्टिनमा बसेको चम्लागाईले बताए । उनीहरु २० देखी ४९ वर्षसम्मका छन् ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ७४७ पुगेको छ । भने कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्