Logo

नेपाल लाइफ इन्स्योरेन्सद्वारा विमा रकमको भुक्तानी हस्तान्तरण



बिर्तामोड, ३० भदौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विमितको मृत्युपछि दाबी भुक्तानी रकम सम्बन्धित परिवारलाई रकम हस्तान्तरण गरेको छ । अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा सुनचाँदी व्यवसाय गरिरहेका सुजन रसाइलीलाई विमा रकमको भुक्तानी प्रदान गरिएको हो ।

मृतकले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाबाट गत मंसिर ४ गते ५० लाख रुपैयाँ बराबरको जीवन विमा गरेका थिए । विमावापतको पहिलो प्रिमियम बुझाएको एक महिना १९ दिनपछि पुस २१ मा उनको हृदयघातका कारण निधन भएको थियो ।

इन्स्योरेन्सले सोमबार विमा भुक्तानी दाबी गरेअनुसार शनिश्चरे चोकमा एक अनौपचारिक कार्यक्रम गरी ५१ लाख ५० हजार रुपैयाँको चेक मृतकका आमा मनमाया रसाइली र श्रीमती रीना सुनारलाई हस्तान्तरण गरेको हो । इन्स्योरेन्सका सहायक महाप्रबन्धक तुलसीनाथ पौडेल, बिर्तामोड शाखा प्रमुख विकास श्रेष्ठ, बरिष्ठ एजेन्सी मेनेजर प्रेमराज गिरी, रामप्रसाद घिमिरे, रुद्र निरौला लगायतले मृतकका परिवारलाई रकमबराबरको चेक हस्तान्तरण गरेका थिए ।

पुस महिनामा घटना भए पनि लकडाउनका कारण सम्बन्धित परिवारले आवश्यक कागजात जुटाउन नसक्दा रकम हस्तान्तरण गर्न ढिला भएको बरिष्ठ एजेन्सी मेनेजर रुद्र निरौलाले बताए । उनका अनुसार कागजात पूरा भएको १५ दिनभित्र परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सहायक महाप्रबन्धक पौडेलले विमा प्रतिको जनविश्वास बढाँउदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधै विमितको साथ रहने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरि स्थानीय युवा व्यवसायी गोविन्द खतिवडाले विमा गर्नुले आफ्नो मात्र नभई आफ्नो परिवारजनको सुरक्षा राख्ने भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्